Meena Niraula   
Movie's Credit : Playback Singer
Song's Credit : Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘सुश्री सम्पति’को दोस्रो गीत ‘झुम्की’ सार्वजनिक

लेन्सनेपाल २०७५ कार्तिक २१
चलचित्र ‘सुश्री सम्पति’को दोस्रो गीत ‘झुम्की’ सार्वजनिक

चलचित्र ‘सुश्री सम्पति’को दोस्रो गीत सार्वजनिक गरिएको छ । तिहारको अवसर पारि एक कार्यक्रमका बिच चलचित्रमा समावेश आइटम सङ ‘झुम्की’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रियंका कार्की, सलोन बस्नेत, बिनोद न्यौपाने प्रमोद अग्रहरीलगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रियंका कार्की बोल्ड अवतारमा प्रस्तुत गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन । गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने मिना निरौला र राजन इशान स्वर छ ।

सुव्रतराज आचार्यको निर्देशन रहेको चलचित्रको कथा पनि उनैको हो भने पटकथा अभिमन्यू निरवीको र सम्बाद अभिमन्यु र निर्देशक आचार्यको रहेको छ । चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाइली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, सुनिता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ भने प्रियंका अतिथी भुमिकामा देखिएको बताइएको छ । 

रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी रहेको छ । मंसिर २८ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।