Manoj K.C.   
Movie's Credit : Cast / Production Manager

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

हङकङमा हुने भो ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’

लेन्सनेपाल २०७५ कार्तिक २६
हङकङमा हुने भो ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’

हङकङमा ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा सन् २०१९ को जुनमा यो अवार्ड हुने छ ।

चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याएका एक चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ का साथै २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा सार्वजनिक प्रदर्शनमा आएका इच्छुक नेपाली चलचित्रहरु यो अवार्डमा सहभागी हुनेछन् । अवार्डको नेपाल संयोजन संगिक्षा फिल्मस्ले गर्ने भएको छ । संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीको उपस्थितिमा हङकङमै आयोजित पत्रकार सम्मेलनमा अवार्ड बारे जानकारी दिइएको हो ।

हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा यो अवार्ड आयोजना हुने आयोजकले जनाएको छ । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुनेछ ।