This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘पानीफोटो’को शुभ मुहुर्तसँगै छायाँकन शुरु
चलचित्र ‘पानीफोटो’को शुभु मुहुर्त गरिएको छ । चलचित्रको टिमले राजधानीको बंगलामुखी मन्दिरमा पुजा गर्दै शुभु मुहुर्त गरेको हो । शुभु मुहुर्तसँगै चलचित्रको छायाँकन समेत आरम्भ गरिएको छ ।
यसै चलचित्रबाट निर्देशनमा अभिनेता खगेन्द्र लामिछानेले डेव्यु गर्दैछन् । आफ्नै लेखन रहेको नाटकलाई खगेन्द्रले चलचित्रमा उतार्न लागेका हुन् । झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई चलचित्रमा देखाइने जनाइएको छ ।
चलचित्रमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहने छ । एक दिनको छायाँकन काठमाण्डौं मा हुनेछ भने बाँकी छायाँकन स्याङ्गजामा हुने जनाइएको छ । टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस चलचित्रमा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी रहने छ । चलचित्रमा दीपक बज्राचार्यको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत रहने छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

