Mahesh Shakya (Karma)   
Movie's Credit : Cast / Executive Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘षट्कोण’को गीत ‘रहस्य’ सार्वजनिक

लेन्सनेपाल २०७९ बैशाख ११
चलचित्र ‘षट्कोण’को गीत ‘रहस्य’ सार्वजनिक

आगामी बैशाख २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘षट्कोण’को ‘रहस्य’ बोलको प्रोमोशनल गीत सार्वजनिक गरिएको छ । युनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत बिषेश पाण्डेले तयार पारेका हुन् । सार्वजनिक गीतमा हत्याको रहस्य पत्ता लगाउँदा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ ।

साइकोलोजिकल थ्रिलर कथामा निर्माण भएको सिनेमामा अभिनेता कार्म एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भुमिकामा देखिएका छन् । सिनेमालाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् । षट्कोण मिलनको डेव्यु निर्देशकिय सिनेमा हो ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।

सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।

सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । सिनेमालाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।