Mahendra Adhikari
Movie's Credit : Producer / Co-Producer
News
मनकामनामा ‘प्रकाश’को शुभमुर्हुत
चलचित्र ‘प्रकाश’को शुभमुर्हुत गरिएको छ । महाशिवरात्रीको अवसर पारी बिहिबार मनकामना मन्दिरमा पुजा आजा सहित चलचित्रको शुभमुर्हुत गरिएको हो ।
शुभमुर्हुतका लागि चलचित्रका कलाकारहरु प्रदिप खड्का, रेनु योगी, दिया मास्के, निर्माता महेन्द्र अधिकारी, डिओपी राजेश श्रेष्ठ, निर्देशक दिनेश राउत लगायतको टिम मनकामना पुगेको हो । यसअघि आजबाट जुम्ला पुगि चलचित्रको छायाँकन थाल्ने निर्माण पक्षको तयारी थियो । यद्यपी साता भित्रै जुम्ला पुगि चलचित्रको छायाँकन थालिने बुझिएको छ ।
दिनेश राउतको निर्देशन रहने चलचित्रमा बिकास सुबेदीको लेखन रहेको छ । चलचित्रमा प्रदिप खड्का, रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहने छ ।
जुम्लाको निम्न वर्गीय परिवारको युवाले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथामा चलचित्र निर्माण हुनेछ ।
महेन्द्र अधिकारीको निर्माण रहने चलचित्रमा अनुप बरालको कास्टिङ डाइरेक्टर, तारा प्रकाश लिम्बु, एलिसा कार्की र दीपक शर्माको संगीत, उत्तम न्यैपानेको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, जीवन थापाको सम्पादन र राजेश श्रेष्ठको छायाँकन रहनेछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


