This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
पोष्टर सार्वजनिक गर्दै महजोडीको ‘महापुरुष’ प्रदर्शन मिति घोषणा
चलचित्र ‘महापुरुष’को पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रका दुई पोस्टर सार्वजनिक कात्तिक ११ गतेलाई रिलिज डेट तय गरिएको हो । निर्माण कम्पनी षट्कोण आर्ट्सले चलचित्र रिलिजका लागि भाइटीका राजेको छ । भाइटिकाको भोलिपल्ट चलचित्र प्रदर्शन हुनेछ ।
सार्वजनिक एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला बेहुली लुक्समा देखिएका छन् भने अर्कोमा हरिवंशले पिँजडा बाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रमा महजोडीसहित गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, राजाराम पौडेल, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौडेल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको पनि अभिनय छ ।
दीपेश खत्री निर्माता र रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायाँकन, मित्र डी. गुरुङको सम्पादन, नवराज पराजुलीको गीत, रोहित शाक्य र शैलेश श्रेष्ठको पार्श्व संगीत, जुनिम गहतराजको कलर र किशोर आचार्यको ध्वनि संयोजन छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire






