Madan Krishna Shrestha   
Movie's Credit : Cast / Director / Producer / Story / Dialogue / Lyricist / Playback Singer
Song's Credit : Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘हरिवंश मेरो जीवनको अचिभमेन्ट अवार्ड हो’ – मदनकृष्ण श्रेष्ठ

लेन्सनेपाल २०७९ पौष २४
‘हरिवंश मेरो जीवनको अचिभमेन्ट अवार्ड हो’ – मदनकृष्ण श्रेष्ठ

चलचित्र ‘महापुरुष’ले सफल प्रदर्शनको ५१ औं दिन पुरा गरेको अवसरमा शनिबार सेलिब्रेस कार्यक्रम सम्पन्न गरेको छ । शनिबार दहचोकस्थित स्विजरल्याण्ड पार्क नजिकै एक रसोर्टमा चलचित्रका कलाकार तथा प्राबिधिक, सञ्चारकर्मी र प्रदर्शक तथा वितरकहरुलाई मायाका चिनो समेत प्रदान गरिएको छ ।

प्रदीप भट्टराईको निर्देशन रहहेको चलचित्रको सेलिब्रेसन कार्यक्रममा चलचित्रकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले अर्का अभिनेता हरिवंश आचार्य आफ्नो जीवनको अचिभमेन्ट अवार्ड भएको बताए । ‘हरिवंश भगवानले दिएको मेरो जीवनको अचिभमेन्ट अवार्ड हो’ श्रेष्ठले भने ‘हरिवंश र मेरो सहयात्रा ४२ वर्षमा हिँडेको छ । हरिवंश बिना म अधुरो छु ।’ उनले हरिवंश नभएको भए आफ्नो जीवन अहिलेको गतिमा चल्न समेत नसक्ने धारणा राखे । यस्तै अभिनेता हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफूलाई बिद्युत्को नेगेटिभ र पोजेटिभ करेन्टको रूपमा चर्चा गरे । आचार्यले भने –  ‘मदनदाई पोजिट करेन्ट हो । म नेगेटिभ । त्यही भएर महको बत्ती अहिलेसम्म बल्न सफल भएको हो’ । आफुहरु एकअर्को बीना अधुरो रहेको हरिबंशको भनाई छ । उनले ‘महापुरुष’ आफ्नो जीवनका लागि ‘बलिदान’ पछिको अर्को महत्त्वपूर्ण चलचित्र भएको चर्चा गरे । 

गत कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको चलचित्र अहिले पनि केही हलहरुमा प्रदर्शन भइरहेको छ । निर्देशक प्रदीप भट्टराई, प्रस्तुतकर्ता तथा अभिनेता रवीन्द्र सिंह बानियाँ, अभिनेत्री गौरी मल्ल, हास्य अभिनेता राजाराम पौडेल लगायतले चलचित्रको सफलताका लागि दर्शकलाई आभार ब्यक्त गरेका छन् ।