Laxmi Bardewa   
Movie's Credit : Cast
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

सकियो ‘सेल्फी किंङ’को छायाँकन

लेन्सनेपाल २०७६ कार्तिक ७
सकियो ‘सेल्फी किंङ’को छायाँकन

चलचित्र ‘सेल्फी किंङ’को छायाँकन सकिएको छ । ३३ दिनमा चलचित्रको सम्पूर्ण छायाँकन सकिएको हो ।

दशैं अघि र पछि दुई सेड्युलमा छायाँकन भएका चलचित्रको छायाँकन काठमाडौं, भक्तपुर हुँदै सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायतका स्थानमा गरिएको छ ।

‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । पहिलो दिन उक्त कलाकार सास्कृतिक कार्यक्रमका लागि काठमाडौं बाट सोलुखुम्बु तर्फ जाँदै गर्दाको यात्राको दृष्य छायाँकन गरिदैछ ।

चलचित्रको शिर्ष भुमिकामा बिपिन कार्कीले अभिनय गरेका छन् । छायाँकन सकिए सँगै उनले आफुले अहिले सम्म काम गरेका चलचित्र मध्ये ‘सेल्फी किंङ’ एक उत्कृष्ट चलचित्र बनेको बताए ।

ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेका छन् । बिशालको यो डेब्यु चलचित्र हो । छायाँकन सकिएसँगै उनी चलचित्र उत्कृष्ट बनेको र दर्शकको मन जित्नेमा विश्वस्त देखिए ।

चलचित्रमा विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।

चलचित्रमा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।