Laxmi Bardewa   
Movie's Credit : Cast
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

जेनिस उप्रेतिको रियल स्टोरी गीतमा (भिडियो)

लेन्सनेपाल २०७८ फागुन २०
जेनिस उप्रेतिको रियल स्टोरी गीतमा (भिडियो)

भ्वाइस अफ नेपाल किड्सका बिजेता जेनिस उप्रेतिको आफ्नै कथा गीतमार्फत प्रस्तुत गरिएको छ । शुक्रबार सार्वजनिक भएको ‘बाटो’ बोलको गीतमा उनको रियल स्टोरी समावेश गरिएको छ । जेनिसको स्वर रहेको गीतमा उनलाई उनकै कोच प्रमोद खरेलले साथ दिएका छन् । सार्वजनक गीतमा भुपेन्द्र खड्काको शब्द, भानुभक्त ढकालको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

लक्ष्मी बर्देवा, जेनिस उप्रेती, लोकराज अधिकारी, भानुभक्त ढकाल लगायतको अभिनय रहेको भिडियो प्रमोद खरेलकै कन्सेप्ट तथा निर्देशनमा तयार भएको हो । भिडियोमा अर्जुन तिवारीको छायाँकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

भिडियोमा जेनिसकी आमाको भूमिकामा काम गरेकी लक्ष्मीले आफुलाई यो चरित्र सायद गर्नु नपरेको वा परिस्थिति फरक भइदिएको भए हुने जनाएकी छिन । सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनी भन्छिन – कुनै चरित्र सायद गर्नु नपरेको भए हुन्थ्यो अथवा गर्नै पर्दा पनि परिस्थिति फरक भैदिएको भए हुन्थ्यो जस्तो लाग्ने रहेछ ! धेरैलाई थाहा पाइसक्नु भयो होला मैले भन्न खोजेको सन्दर्भ थाहा नहुनेले पनि भिडियो हेर्दै गर्दा थाहा पाउनु हुनेछ !