This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सेन्टि भाइरस’को प्रमोशनल गीत छायांकन
चलचित्र ‘सेन्टि भाइरस’को प्रमोशनल गीतको छायांकन गरिएको छ । प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टि जिताइदे’ बोलको गीत छायाँकन गरिएको हो ।
चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राईलाई देख्न सकिनेछ । दीपक आचार्यले निर्देशन गरेको गीतमा राजनितिक पार्टिको प्रचार तथा दुईपार्टि बिचको झैझगडालाई देखाइएको छ ।
सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् भने सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको चलचित्रलाइृ रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


