Kuber Dangol
Movie's Credit : Media Co-ordinator
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘कुमारी’को जीवन दर्शाउने फोटो प्रदर्शनी सुरू
चलचित्र (फोटो) पत्रकार कुवेर डंगोल र फोटो पत्रकार नरेन्द्र श्रेष्ठद्वारा संग्रहित पाटनकी पुर्व कुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी सुरू भएको छ । विक्रम संवत २०६७ सालदेखि २०७१ सालको अवधिमा पाटनमा जिवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको जीवनीलाई तस्विरमा सङ्ग्रहित गरेर प्रदर्शनी गरिएको प्रदर्शनी संयोजक तथा फोटोपत्रकार कुवेर डंगोलले जानकारी दिएका छन् ।
पाटन संग्रहालयमा सुरू भएको प्रदर्शनीको उद्घाटन ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरेका छन् । शुभारम्भ गर्दै मेयर महर्जनले भने – ‘यस किसिमको प्रदर्शनीले कुमारीको जीवनीलाई बुझ्न मदत गर्छ । यसलाई प्रवर्द्धन गर्न हामी तत्पर छौँ ।’
यता प्रदर्शनी संयोजक डंगोलले तस्विर खिच्ने क्रममा नै प्रदर्शनीको योजना बनेको जनाएका छन् । उनले जीवनी कुमारी घर भन्दा बाहिर उनीहरुको जीवन कस्तो हुन्छ भन्ने जिज्ञासा भएर त्यसलाई तस्विरमार्फत देखाउने योजना बनाइएको जनाए । प्रदर्शनीमा फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका कुमारीको शुभारम्भ देखिका तस्विर र डंगोलले खिचेका कुमारी जीवन पछिका तस्विरलाई प्रदर्शन गरिएको छ ।
पुर्व कुमारी बज्राचार्यले प्रदर्शनीमा राखिएको तस्विरले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनी प्रस्ट्याउने बताइन ।
वैशाख १९ गतेसम्म चल्ने प्रदर्शनीमा त्रिचालीस वटा तस्विर राखएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




