This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘अवार्ड’ पाउन भिषा हैन पपुलर हुनुपर्छ – कृष्ण मल्ल
पछिल्लो समय विदेशमा नेपाली चलचित्र अवार्डहरु हुने क्रम निकै बाक्लिएको छ । अमेरिका, जापान लगायतका मुलुकमा समेत यस्ता कार्यक्रमहरु बाक्लिन थालेको हो ।
यसै वर्ष पनि विदेशमा केही अवार्डहरु सम्पन्न भएका छन् । तर, अलिक तामझामका साथ जापान र अमेरिकामा एक–एक वटा अवार्ड सम्पन्न भए भने, अमेरिकामा २ वटा अवार्ड हुदै छन् । डिसेम्बरमा ग्लोबल चलचित्र, संगीत, सञ्चार तथा सामाजिक अवार्ड र जनवरीमा ग्लोबल फिल्म अवार्ड आयोजना हुँदैछ ।
विदेशमा हुने यस्ता अवार्ड माथी लाग्ने गरेको एउटा आरोप हो जसको भिषा लाग्यो उसैले अवार्ड पायो । यसै वर्ष सम्पन्न अवार्डलाई हेर्दा पनि यो कुरा सत्य नजिक लाग्छ । अवार्डमा पुगेकालाई हुँदै नभएको बिधा थपेर अवार्ड, सम्मान वा उपाधी दिने काम होस् वा पपुलरका नाममा हात खालि नराख्ने शैलीमा कार्यक्रममा उपस्थित भएकालाई अवार्ड दिने काम नै किन नहोस्, आयोजकको यस्तो कार्यले अवार्डका लागि अभिनय वा पपुलारिटी हैन भिषा भए पुग्छ समेत भन्न थालिएको छ । यति सम्मकी अमेरिकामा अवार्ड गर्ने भन्दै नेपालमा जुरी राखेर चलचित्र हेरि मनोनयन सार्वजनिक गरेका आयोजकले समेत कलाकार र प्राबिधिकले भिषा नपाए पछि अवार्ड गर्न सकेका छैनन् । यसकारण पनि अवार्डका लागि भिषा नै अत्यावश्यक हो कि जस्तो देखिन आएको छ ।
हुन त कतिपय कलाकार र प्राबिधिकहरु आफुले अवार्ड पाउने भए मात्र यस्ता कार्यक्रममा सहभागी हुने अन्यथा कार्यक्रममै नजाने समेत गर्छन । स्थानिय आयोजकले नाम चलेका कलाकारलाई उपस्थित गराउन दबाब दिने र आयोजकले कलाकार, प्राबिधिकलाई उपस्थित गराउन अवार्डको सम्झौता गर्नु पर्ने बाध्यता समेत देखिन्छ । तर, आयोजक कलाकार वा प्राविधिकलाई दोष दिएर पानी माथीको ओभानो हुन भने मिल्दैन ।
विगत ३ वर्ष देखि अमेरिकामा अवार्ड आयोजना गर्दै आएको संस्था हो नेपाल फिल्म सोसाइटी । सोसाइटिका अध्यक्ष कृष्ण मल्ल भने आफुहरुको हकमा यस्ता आरोप पुरै गलत भएको बताउँछन् । आफ्नो संस्थाले आयोजना गर्ने ग्लोबल फिल्म अवार्ड पपुलर अवार्ड भएको समेत उनले बताएका छन् । अझ महत्वपूर्ण कुरा त के भने पपुलर चलचित्रकर्मीले भिषा नभएको वा अमेरिका जान नसकेको कारण अवार्ड नपाउने हुँदैन । उनले आफ्नो सोसाइटीले सार्वजनिक गरेको मनोनयनका आधारमा पपुलर चलचित्रकर्मीहरु अमेरिका जान नसकेपनि अवार्ड भने प्रदान गरिने जनाएका छन् । उनका अनुसार अमेरिका जान नसकेका अवार्ड विजेतालाई नेपालमै एक कार्यक्रमको आयोजना गरि अवार्ड दिने गरिन्छ । विगत सम्झदै मल्लले भने – ‘अमेरिकाले भिषा नदिएका कारण आर्यन सिग्देल अवार्डमा सहभागी हुन सकेनन् तर उनलाई नेपालमै एक कार्यक्रमको आयोजना गरि अवार्ड दिइयो ।’
‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा सहित तेस्रो संस्करण अमेरिकाको कोलोराडोस्थित डेनभर सहरमा जनवरी ५ मा हुँदैछ । नेपाली चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले अवार्ड आयोजना हुँदै आएको आयोजक संस्थाका अध्यक्ष नवराज श्रेष्ठले जनाएका छन् । उनका अनुसार नेपाली चलचित्रको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटनको अवधारणा अनुरुप अवार्डको आयोजना हुँदै आएको छ ।
अवार्डमा सहभागी हुन झण्डै २ दर्जन चलचित्रकर्मीको टोलि जनवरी १ मा नेपालबाट अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । जनवरी ३ देखि ६ सम्म चलचित्रकर्मीका लागि होटल समेत बुक गरिएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

