Kishor Anurag   
Movie's Credit : Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘कोशेढुङ्गा’लाई युनिभर्सल सर्टिफिकेट

लेन्सनेपाल २०८२ भाद्र ११
चलचित्र ‘कोशेढुङ्गा’लाई युनिभर्सल सर्टिफिकेट

चलचित्र ‘कोशेढुङ्गा’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । बुधबार बिहान केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले ‘कोशेढुङ्गा’लाई युनिभर्सल सटिफिकेट प्रदान गरेको हो ।

युनिभर्सल सटिफिकेट पाएको यो चलचित्रलाई सबै उमेर समुहका दर्शकहरुले सहजै हेर्न पाउने छन् । चलचित्रको लम्बाई २ घण्टा २२ मिनेट कायम छ ।

‘कोशेढुङ्गा’लाई सर्वकालिन सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा उनैक लेखन रहेको छ । चलचित्रमा सुरक्षा पन्त, ऋचा शर्मा, नीति शाह, आर्यन सिग्देल, मञ्जिल कुमार, प्रविण खतिवडा, सरोज खनाललगायतका कलाकारको अभिनय रहेको छ ।
गाउँकी एउटी साधारण चुल्बुले केटीले जो साना कुराबाट डराउछे उसले जीवनमा आइपर्दा परिस्थितिहरुमा कस्ता ठूला निर्णय लिन सक्छे भन्ने विषय चलचित्रमा रहेको जनाइएको छ । आर्थिक अभाव, पारिवारिक कलह, दाम्पत्य जीवनका चुनौती, गाउँमै बसेर आत्मनिर्भर बन्न खोज्दा समाजले गर्ने व्यवहार जस्ता विषयहरु चलचित्रले देखाएको छ । 

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेबिल कँडेल र किशोर अनुरागको लगानी रहेको छ भने कार्यकारी निर्मातामा दिनेश खड्का छन् । नेपाल रिलिजकै दिन प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले चलचित्रलाई ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज गर्दैछ ।