This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘पानीफोटो’को प्रदर्शन मिति सार्वजनिक

चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यु गरेको यो चलचित्र आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
पन्ध्र वर्ष अगाडी बेपत्ता छोराको पर्खाइमा बसेका आमाबुबाको कथामा खगेन्द्रले सफल नाटक ‘पानीफोटो’ निर्देशन गरिसकेका छन् । नाटकले सफलता पाएपछि उनले ठुलोपर्दाको लागि सोहि कथामा चलचित्र बनाएका हुन् ।
काठमाडौँसँगै पश्चिम नेपालका बर्दिया, स्याङ्जा र रोल्पामा खिचिएको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, राधा श्रेष्ठ, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय छ ।
दीपक बज्रचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानी छ ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi