This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘पानीफोटो’ साउन १३ मै प्रदर्शन हुने
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र अब साउन १३ गतेबाट देशभर प्रदर्शन हुनेछ । भदौ १० गते चलचित्र ‘प्रकाश’ रिलिज हुने भएपछि चलचित्रको मिति परिवर्तन गरिएको हो ।
चलचित्र अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा बनेको हो । खगेन्द्रले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । पन्ध्र वर्ष अगाडी बेपत्ता छोराको पर्खाइमा बसेका आमाबुबाको कथामा खगेन्द्रले सफल नाटक ‘पानीफोटो’ निर्देशन गरिसकेका छन् । नाटकले सफलता पाएपछि उनले ठुलोपर्दाको लागि सोहि कथामा चलचित्र बनाएका हुन् ।
काठमाडौँसँगै पश्चिम नेपालका बर्दिया, स्याङ्जा र रोल्पामा खिचिएको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, राधा श्रेष्ठ, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय छ ।
दीपक बज्रचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानी छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


