News
चलचित्र ‘यात्रा’को ट्रेलर सार्वजनिक
चलचित्रको रुपमा हेरिएको ‘यात्राः अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्र म्युजिकल लभ स्टोरी जनराको हो । चलचित्रमा भ्लगरहरुको कथा समेत देखाइएको छ । सम्राट शाक्य निर्देशित चलचित्रको ट्रेलरमा कमेडी र एक्सनका दृष्यहरु समेत देख्न सकिन्छ । चलचित्रमा सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत, प्रेक्षा बज्राचार्य, रेयर राई, जान्वी बस्नेत, विशाल कटुवाल, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ ।
कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् भने सुशील पोखरेल निर्माता,सर्जुमान लिगल कार्यकारी निर्माता र बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सहनिर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा सञ्जय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत र बनिश शाहको सम्पादन रहेको छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal