News
‘राष्ट्रिय चलचित्र पुरस्कार’मा थपियो धन राशी, पुरस्कृत हुनेले जनही २५ हजार पाउने
चलचित्र विकास बोर्डले यसपटक देखि ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा धन राशि थप गरेको छ । यसअघि ट्रफी र प्रमाणपत्र मात्र प्रदान गर्दै आएकोमा यसपटक बाट नगदको समेत व्यवस्था गरिएको हो । बिभिन्न बिधामा पुरस्कृत हुनेहरुलाई जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिएका छन् । अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको छ ।
असार २७ गते राष्ट्रपति भवन, शितल निवासमा आयोजना हुने एक समारोहका बिच २०७३, २०७४ र २०७५ गरी तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ प्रदान गर्न लागिएको छ । तीन वर्षकै चलचित्र हेरेर निर्णायकले बोर्डमा बुझाइसकेको निर्णयका आधारमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बिभिन्न बिधाका बिजेतालाई पुरस्कार प्रदान गर्नेछिन ।
यस्तै चलचित्र विकास बोर्डले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर यही गत १६ गरे सम्मान गरेका विशिष्ट चलचित्रकर्मी, सर्जक तथा संस्थाहरुलाई सम्मान स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बोर्डले समारोहलाई चलचित्रमय बनाउन अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकाहरुले करिब १२ मिनटको नृत्य समावेश गर्ने भएको छ । जसका लागि यतिबेला कलाकारहरु नृत्य अभ्यासमा जुटिरहेका छन् । पहिलो चलचित्र ‘आमा’देखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले नृत्य प्रस्तुत गर्नेछन् । नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले कलाकारहरुलाई नृत्य प्रशिक्षण गराई रहेका छन् ।
समारोहमा सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिपिल रायमाझी, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला के.सी., छुल्ठिम गुरुङलगायतका कलाकारहरुले नृत्य गर्ने बोर्डका सूचना अधिकृत चिरञ्जीवी गुरागाईंद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


