News
बोर्ड भन्छ अवार्डमा दिपक नाच्दैछन्, दिपक भन्छन् - नाच्ने त कुरै छोडौं अवार्डमा पनि जान्न
चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार’को तयारी तिब्रताका साथ गरिरहेको छ । असार २७ गते आयोजना हुने समारोहलाई भव्य अनि चलचित्रमय बनाउन करिब १२ मिनटको नृत्य समेत समावेश गरिने भएको छ ।
राष्ट्रपति भवन, शितल निवासमा आयोजना हुने समारोहमा पहिलो चलचित्र ‘आमा’देखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले नृत्य प्रस्तुत गर्नेछन् । बोर्डले अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकालाई स्टेजमा उतार्ने तयारी गरिरहेको छ । यतिबेला कलाकारहरु नृत्य अभ्यासमा जुटिरहेका छन् भने नृत्य निर्देशकहरु प्रशिक्षणमा ।
बोर्डले सोमबार जारी गरेको बिज्ञप्तीमा नृत्य गर्ने कलाकारहरुको लिष्टमा दिपकराज गिरीको समेत नाम समावेश गरेको छ । बोर्डका अनुसार दिपकले ‘राष्ट्रिय चलचित्र पुरस्कार’को मञ्चमा नृत्य गर्नेछन् । यता दिपकराज गिरीले सन् २०१७ जुन २८ मा सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै कुनै पनि अवार्डमा सहभागी नहुने निर्णय गरेको जनाएका थिए । उनले लेखेका थिए – ‘आज देखि कुनै पनि अवार्ड समारोहमा सहभागी नभई निरन्तर चलचित्र निर्माणमा मात्र ध्यान दिने व्यक्तिगत निर्णय गरेको जानकारी गराउँछु ।’ अवार्डमै सहभागी हुन्न भनेको कलाकारलाई बोर्डले नृत्य गर्नेको लिष्टमै राखेपछि दिपकले त्यसको खण्डन गरेका छन् ।
लेन्सनेपालसँगको सक्षिप्त कुराकानीमा उनले आफु आफ्नो निर्णयमा अडिग रहेको बताउँदै आफ्नो टिमका साथीहरुले भने नृत्य गर्न लागेको जनाए । उनले बोर्डबाट नृत्य गर्न आफुलाई आग्रह गरिएको तर, आफुले नगर्ने भन्दै टिमका साथीहरुलाई पठाइदिएको बताएका छन् । उनले अवार्ड समारोहमा पनि उपस्थित नहुने जनाए ।

New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



