News
चलचित्र विकास बोर्डको अध्यक्षमा केशब भट्टराई नियुक्त, यस्तो छ नवनियुक्त अध्यक्ष भट्टराईको जीवनी
आगामी २ वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता तथा कलाकार केशव भट्टराई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
सन् १९६८ नोभेम्बर १९ मा ओखलढुङ्गामा जन्मिएका भट्टराई सन् १९८८ बाट चलचित्र क्षेत्रमा कृयाशिल छन् । ३१ वर्ष लामो चलचित्र यात्रको क्रममा भट्टराईले ५० भन्दा बढी चलचित्रमा काम गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा कलाकार र निर्माताको रुपमा भट्टराई परिचित छन् ।
हेर्नुस् यस्तो छ नवनियुक्त अध्यक्ष भट्टराईको जीवनी
सन् १९९० मा प्रदर्शन भएको चलचित्र कोसेली उनी अभिनित पहिलो चलचित्र हो भने सन् २००१ को चलचित्र आफ्नो मान्छेबाट निर्माणमा हात हालेका थिए । आठ चलचित्र निर्माण गरिसकेका भट्टराई पछिल्लो समय चलचित्र निर्माता संघको बरिष्ठ उपाध्यक्ष पदमा समेत रहेका छन् ।
विभिन्न अवार्ड तथा सम्मानद्वारा सम्मनित भट्टराई चलचित्र क्षेत्रमा मिलनसार र बौद्धिक व्यक्तिका रुपमा चिनिन्छन् । सबैलाई मिलाएर लान सक्ने र त्याग गर्न सक्ने उनको खुबी हो ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal