Karishma Manandhar
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
नवदुर्गामा नौं अभिनेत्रीलाई सम्मान, भुवन चन्द देखि स्वस्तिमा सम्म

नवदुर्गाको अवसरमा ९ जना अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मान प्रदान गरिने भएको छ । नवदुर्गा सम्मानबाट सम्मानित हुन लागेका अभिनेत्रीहरुमा नेपालकै पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरु भुवन चन्द र बसुन्धरा भूषालका साथै अभिनेत्रीहरु गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चीता लुइटेल र स्वस्तीमा खड्का रहेका छन् ।
रेजीना फिल्मस् र शहिद फिल्मस्को आयोजनामा हुन् लागेको उक्त कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत समावेश हुने छ । साँस्कृतिक प्रस्तुति दिनका लागि एलिशा राई, अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, गम्भिर विष्ट, गजित विष्ट, प्रवित्रा आचार्य लगायतका कलाकारहरु यतिबेला पूर्व तयारीमा व्यस्त रहेका छन् ।
उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलको प्रमुख आतिथ्यता रहने कार्यक्रम यही १३ गते आयोजना हुनेछ ।
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya