Karan Shrestha (Crazy)
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
वितरक श्रेष्ठको पहलमा सडकमै स्यानिटाइजर
उपत्यकामा बढिरहेको कोरोना भाइरसको जोखिमलाई मूल्यांकन गर्दै अनामनगर स्थित सिंहदरवारको पूर्वी गेट अगाडी सेनिटाइजरको व्यवस्था गरिएको छ । चलचित्र वितरक, कलाकार तथा निर्माता करण श्रेष्ठको पहलमा जागौं युवा अभियानद्वारा उक्त स्थानमा सेनिटाइजर बुथ रखिएको हो ।
मंगलबार कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी बृत्तका डिएसपी हरी बहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेश प्रसाद किजु, जागौं युवा अभियानका अध्यक्ष करन श्रेष्ठ, पत्रकार विनोद चौलागाई तथा चलचित्र पत्रकार संघका महासचिव समिर बलामीले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।
अनामनगर क्षेत्रमा आवतजावत गर्ने पैदल यात्रुले उक्त बुथबाट हात सेनिटाइज गर्न सक्नेछन् । जागौं युवा अभियानद्वारा अनामनगरमा वृक्षारोपणसंगै कोरोना भाइरसको जोखिम बढेसंगै मास्क वितरणसहितको जनचेतना फैलाउने काम गरिरहेको छ । अभियानका अध्यक्ष करण श्रेष्ठले आफु रहने ठाउँहरुमा सबैले यस्तै किसिमको व्यवस्था गर्न आग्रह गर्दै आफ्नो निवास र कार्यस्थल र टोलटोलमा सेनिटाईजर बुथको स्थापना गर्न सक्यौं भने पनि जोखिमलाई केहि कम गर्न सक्ने बताए ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


