Kabiraj Gahatraj   
Movie's Credit : Choreographer
Song's Credit : Choreographer / Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘दि ब्रेकअप’को गीत ‘आज हाम्रो भेट भाको दिन’ सार्वजनिक

लेन्सनेपाल २०७५ कार्तिक १४
चलचित्र ‘दि ब्रेकअप’को गीत ‘आज हाम्रो भेट भाको दिन’ सार्वजनिक

चलचित्र ‘दि ब्रेकअप’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीत सन् १९९४ मा प्रदर्शनमा आएको चलचित्र ‘ज्वाला’मा समावेश गीतको रिमेक भर्सन हो ।

बुद्धवीर लामाको शब्द र शिला बहादुर मोक्तानको संगीत रहेको ओरिजिनल गीतमा आशा भोस्ले र उदितनारायण झाको स्वर रहेको थियो भने रिमेक भर्सनमा बिराज गौतम र मेलिना राईको स्वर रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी गरेको गीतमा सरोज खनाल, आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारहरुले नृत्य गरेका छन् । संयोग नै मान्नुपर्छ चलचित्र ज्वालामा पनि यो गीतमा खनालले नै नृत्य गरेका थिए ।

हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रमा नरेन्द्र मैनालीले छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीकै लगानी रहेको छ । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको चलचित्रको कथा निर्देशक बिसीकै हो ।