This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
नेपाल आउलान त एरिक भ्याली र राजकुमार हिरानी !

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सञ्चालन हुने मास्टरक्लासका लागि हलिउड निर्देशक एरिक भ्याली र बलिउड निर्देशक राजकुमार हिरानी आउन सम्भावना रहेको जनाइएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फेष्टिवल अध्यक्ष केपी पाठकले उक्त कुराको जानकारी दिएका हुन् । फेष्टिवलको इन्टरनेशनल जुरी समेत रहेका भ्याली र हिरानीसँग कुराकानी भइरहेको र उनीहरु नेपाल आउने सम्भावना रहेका पाठकले जनाएका छन् ।
आगामी चैत्र १७ देखि २१ गतेसम्म आयोजना हुने निफ राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा सञ्चालन हुनेछ । निफको यो संस्करणमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा बिधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal