Jharana Thapa   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक

लेन्सनेपाल २०७५ चैत्र २५
‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक गरिएकोे छ । लिरिकल भिडियो मार्फत सार्वजनिक ‘सत्य भन्छु’ बोलको गीतमा प्रताप दासको स्वर, रवी मल्लको शब्द र कल्याण सिंहको संगीत रहेको छ ।

चलचित्रको मिति नजिकिदै गर्दा सार्वजनिक गरिएको ‘सत्य भन्छु’ ‘ए मेरो हजुर ३’ को चौथो गीत हो । म्युजिकल लभ स्टोरी चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहको छ । चलचित्रमा अनमोल र सुहानाका अलवा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । यो सुहानाको डेव्यु चलचित्र हो । सुहाना निर्माता सुनिल कुमार थापा र निर्देशक तथा कलाकार झरना थापाकी छोरी हुन् ।

स्टार र फ्यान बिचको रोमान्स चलचित्रमा देखाइएको छ । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चैत २९ गते देखि प्रदर्शन हुने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, सञ्जय लामाले छायांकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।