RemembringJayananda Lama   
Movie's Credit : Cast / Director / Producer / Lyricist

News

उपराष्ट्रपतिले दिए कलाकार लामालाई अन्तिम श्रद्धाञ्जली, संस्कृति मन्त्री आलेले ओढाए राष्ट्रिय झन्डा

लेन्सनेपाल २०७८ फागुन १२
उपराष्ट्रपतिले दिए कलाकार लामालाई अन्तिम श्रद्धाञ्जली, संस्कृति मन्त्री आलेले ओढाए राष्ट्रिय झन्डा
तस्विरः सेतोपाटी

लोकगायक, संकलक तथा कलाकार जयनन्द लामालाई उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तिम श्रद्धाञ्जली दिएका छन् । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उनको शवमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

लामाको शव श्रद्धाञ्जलीका लागि बिहीबार बिहान १० बजेदेखि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा राखिएको छ । जहाँ लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि थुप्रै कलाकार तथा सर्वसाधारणहरु पुगेका छन् ।

बुधबार बिहान निधन भएका लामाको पोष्टमार्टम पछि बौद्ध परम्परा अनुसार हिजो राति उनकै निवासमा पुजा गरिएको थियो । लामालाई अन्तिम श्रद्धाञ्जली दिन बौद्ध गुरुहरु पनि नाचघर पुगेका छन् । लामाको शवलाई आजै दिउसो बौद्ध परम्परा अनुसार स्वयम्भुमा अन्त्यष्टी गरिएको छ ।

यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले लामाको निधनप्रति दुस्ख व्यक्त गरेका छन् । उनीहरुले ट्वीटरमार्फत श्रद्धाञ्जली समेत दिएका छन् । 

भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए ।