News
कलाकार जयनन्द लामाको निधन, आफ्नै कारमा खुट्टा अल्झेर लड्दा निधन भएको प्रहरीको भनाइ
वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको आफ्नै कारमा अल्झिएर लड्दा निधन भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।
पारिबारिक स्रोतका अनुसार राति २ बजेतिर लामाको गाडीको आवाज आएको थियो । घरको ढोका आफै खोलेर खोलेर भित्र पस्ने भएकोले कसैले पनि उठेर हेरेनन् तर, बिहान ७ बजेर ५ मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं। को मारूती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा लामा मृत फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् । प्रहरीका अनुसार ६६ वर्षिय लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो। लामाको टाउकोमा चोट लागेको छ ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पा स्थायी घर भएका लामा पाँच दशक लामो समयदेखि कलाकारितामा संलग्न छन् । उनी सुप्रसिद्ध गायक तथा अभिनेता हुन् ।
लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।
२०३० सालमा बनेको चलचित्र मनको बाँधबाट अभिनय यात्रा शुरु गरेका लामाले थुप्रै चलचित्रमा अभिनय गर्नुका साथै दुई चलचित्रको निर्देशन पनि गरिसकेका छन् । लामा अभिनित चलचित्र लक्का जवान प्रदर्शनको तयारीमा छ । पछिल्लो समय छक्का पञ्जाका सिरिजमा अभिनय गरेका लामाले युवा पुस्ताका दर्शकमाझ पनि गहिरो छाप बनाउन सफल भएका थिए । लामा टेलि सिरियलहरुमा पनि अभिनय गर्थे । लामा गत वर्ष नेपाल लोकस्टारको प्रमुख निर्णायक पनि थिए ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


