Hari Bansha Acharya   
Movie's Credit : Cast / Director / Producer / Story / Screenplay / Dialogue / Lyricist / Playback Singer
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

हुण्डीलाई निरुत्साहित गर्न मह जोडीको ‘हुण्डी’

लेन्सनेपाल २०७८ फागुन २७
हुण्डीलाई निरुत्साहित गर्न मह जोडीको ‘हुण्डी’

बिदेशबाट नेपाल पैसा पठाउनका लागि गैरकानुनी माध्यम हो हुण्डी । अझै पनि धेरै नेपालीहरुले जानेवा र वा नजानेरै हुण्डी मार्फत कारोबार गर्ने गरेका छन् । धेरैलाई बिदेशबाट बैंकिङ च्यानल मार्फत पैसा पठाउदा १ प्रतिशत थपेर पाइन्छ भन्ने पनि थाहा नहुन सक्छ ।

नेपालको कानुन अनुसार गैरकानुनी र दण्डनीय मानिएको हुण्डी कारोबारलाई निरुत्साहित गर्न सचेतना फैलाउने उद्देश्यले सर्ट फिल्म ‘हुण्डी’ निर्माण गरिएको छ । मह जोडीको निर्देशन रहेको सर्ट फिल्म ‘हुण्डी’ले हुण्डीको चंगुलमा परेर कसरी मानिस ठगिरहेका छन् भन्ने सन्देश बोकेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत वित्तिय सुरक्षा सम्बन्धी जनचेतनामुलक सन्देश सञ्चारका लागि उक्त सर्ट फिल्म निर्माण गरिएको हो । गोकुल अधिकारी र रामशरण उप्रेतीको छायाँकन रहेको सर्ट फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन् ।

४१ मिनेट लामो सर्ट फिल्ममा हरिवंश आचार्य, सविन श्रेष्ठ र अनु शाह, किरण केसी, किरण तुलाधर, प्रिया रिजाल लगायत कलाकारहरुको अभिनय छ ।