Gita Adhikari   
Song's Credit : Lyricist

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

गीता अधिकारीको ‘छम्म छम्म नाचौं न’

लेन्सनेपाल २०७९ श्रावन १५
गीता अधिकारीको ‘छम्म छम्म नाचौं न’

तीज गीत ‘छम्म छम्म नाचौं न’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर र योगेशकाजीको संगीत रहेको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रम बिच गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह, संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं लगायतले गीत सार्वजनिक गरे ।

नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई रोशन बुढाथोकीले कोरियोग्राफी गरेका छन् । सात दिदीबहिनीको कथा बुनिएको भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकार फिचर्ड छन् ।

भिडियोमा नरेश खरेलको श्रृंगार, राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन छ ।