News
चलचित्रकर्मी धिमालको अन्तेष्टी सम्पन्न
शुक्रबार दिवंगत भएका चलचित्रकर्मी गेहेन्द्र धिमालको अन्तेष्टी गरिएको छ । शनिबार साँझ पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको हो । त्यसअघि उनको पार्थिव शरिरलाई काठमाडौंको मण्डिखाटार स्थित निवासमा २ देखि ५ बजे सम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्रकर्मीहरुको उपस्थिति बाक्लो थियो । यद्यपी नयाँ पुष्ताका चलचित्रकर्मीहरुको उपस्थिति भने ज्यादै न्यून थियो ।
धिमालको पार्थिव शरिरमा चलचित्र कलाकार संघ र चलचित्र प्राबिधिक संघको झण्डा ओडाइएको थियो । यस्तै कलाकार संघका कार्यवहाक अध्यक्ष सानुकुमार ताम्राकार, निवर्तमान अध्यक्ष नवल खड्का, बरिष्ठ कलाकार कृष्ण मल्ल, बरिष्ठ कलाकार रविन्द्र खड्का, चर्चित कलाकार दिपकराज गिरी, प्राबिधिक संघका अध्यक्ष पुष्कर लामालगायतले राष्ट्रिय झण्डा समेत ओडाएका थिए ।
२००३ साल असोज २ गते जन्मिएका धिमालको पुरा नाम गेहेन्द्र प्रसाद धिमाल हो । नेपालको पहिलो निजी क्षेत्रको चलचित्र माइतिघरमा सहायक निर्माण नियन्त्रक भई धिमाल यस क्षेत्रमा प्रवेश गरेका थिए । त्यसयता सन् १९९३ को चलचित्र सपना सम्म आइपुग्दा उनले ६ चलचित्रमा निर्माण नियन्त्रकका रुपमा काम गरेका छन् । सन् १९९३ पछि भने धिमाल नेपाली चलचित्र भन्दा बढी बिदेशी चलचित्र र बिज्ञापनमा काम गर्थे । उनले नेपालमा छायाँकन भएका थुप्रै विदेशी चलचित्र र बिज्ञापनमा व्यवस्थापकको रुपमा काम गरेका छन् ।
७२ वर्षको उमेरमा धिमालको शुक्रबार बिहान हृदय घातका कारण निधन भएको थियो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




