This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
गौरवले गरे श्रेणी खतिवडासँग इन्गेजमेन्ट
अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । बुधबार उनले प्रेमिका श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका हुन् ।
राजधानीको एक होटलमा आयोजित समारोहमा दुवै परिवारका सदस्यका साथै गौरव नजिक चलचित्रकर्मीहरु सुनील थापा, विल्सन विक्रम राई, उदय सुब्बालगायत उपस्थित थिए । आगामी मंसिरमा उनीहरु विवाह गर्ने बताइएको छ ।
जनकारहरुका अनुसार उनीहरु विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा छन् । गौरवले सन् २०१३ मा चलचित्र ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका हुन् । त्यसयता उनले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत चलचित्रमा अभिनय गरेका छन् । यस्तै श्रेणी पेशाले जुम्बा प्रशिक्षक हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


