Gaurav Bista   
Movie's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘परस्त्री’बाट चर्चामा गौरव

लेन्सनेपाल २०८० आषाढ १०
चलचित्र ‘परस्त्री’बाट चर्चामा गौरव

चलचित्र ‘परस्त्री’बाट नेपाली रजतपपटमा डेब्यु गर्दैछन् कलाकार गौरव बिष्ट । थियटरको अनुभव बोकेका बिष्ट यतिबेला टक अफ द टाउन छन् । उनको लुक्स र चलचित्रको ट्रेलरमा देखिएको उनको अभिनयले सम्भावना बोकेको नायकका रुपमा गौरवलाई लिन थालिएको छ । 

त्यसो त गौरव पनि चलचित्रको क्यारेक्टरलाई लिएर आफुले निकै मेहनत गरेको बताउँछन् । चलचित्रमा गौरव कलेजको अध्ययनपछि खालि समय बिताइरहेको एक अल्लारे र चुलबुले युवाको भूमिका देखिएका छन् रे । परिणमको ख्याल नगरी रमाइलोमा भुल्ने अहिलेको एकखाले युवा पस्तालाई आफ्नो पात्रले प्रतिनिधित्व गर्ने उनको भनाई छ । उनी यो पात्र आफ्ना लागि निकै चुनौतिपूर्ण रहे पनि चुनौतिलाई अवसरका रुपमा सदुपयोग गर्न सफल भएको बताउँछन् । एक महिना लामो वर्कसप गरेर छायाँकन गरिएका कारण पनि आफुलाई काम गर्न सहज भएको उनको भनाई छ ।

अहिले जुन रुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ त्यसबाट गौरव उत्साहित छन् । यद्यपी पुरै चलचित्र हेरीसकेपछि कस्तो प्रतिक्रिया आउने त्यो भने हेर्न बाँकी छ । यद्यपी गौरव आफुले कडा मेहनत गरेकोले दर्शकको मन जित्नेमा बिश्वस्त छन् ।

सुरज पाण्डेको निर्देशन रहेको चलचित्रमा गौरवका साथै शिल्पा मास्के र कोशिस क्षेत्री शिर्ष भूमिकामा छन् । टिमका सबै सदस्यबाट सहयोग मिलेकोले काम गर्दा निकै सहज भएको उनको बुझाई छ । चलचित्र निर्माणमा कुनै पनि कम्प्रोमाइज नभएको भन्दै गौरव दर्शकले पूर्ण मनोरञ्जन पाउने बताउँछन् । विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको चलचित्रलाई दिपेन्द्र के. खनालले लेखेका हुन् ।

शर्मिला पाण्डे र दीपेन्द्र के खनालको निर्माण रहेको चलचित्र नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुँदैछ । चलचित्र आगामी शुक्रबारबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुनेछ ।