News
यस्तो छ ३ घण्टामै बनेको म्युजिक भिडियो
वल्र्ड रेकर्डका लागि ३ घण्टामै गीतको भिडियो तयार गरि सार्वजनिक गरिएको छ । किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको गीत ‘सपनीमा आउँछौ तिमी’को म्युजिक भिडियो ३ घण्टामा भिडियो तयार पारिएको छ ।
भिडियोलाई मंगलबार साँझ ४ बजेर २१ मिनेट जाँदा छायाँकन शुरु गरि ७ बजेर २० मिनेट जाँदा युट्युबमा सार्वजनिक गरिएको थियो । छायाँकन, सम्पादन, कलर करेक्सन लगायतका सबै काम त्यही ३ घण्टा भित्र गरिएको हो । वल्र्ड रेकर्ड प्रयोजनकै लागि ३ घण्टामै सबै काम सकिएको हो ।
माइकल चन्दले निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र शिलन लम्सालको सम्पादन रहेको छ । शंखमुल स्थित युएन पार्कमा छायाँकन गरिएको भिडियोमा रमेश चन्द्र सोडारी र स्मृति श्रेष्ठको अभिनय रहेको छ ।
डा. उपाध्यायको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको स्वर तथा संगीत रहेको छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal