Dr. DR Upadhyay   Writer, Lyricist, Composer, Singer
Song's Credit : Cast / Lyricist / Music Composer / Singer

News

चेपाङ समुदायको बिषयमा डा. उपाध्यायको गीत

लेन्सनेपाल २०७८ फागुन २९
चेपाङ समुदायको बिषयमा डा. उपाध्यायको गीत

८० वल्र्ड रेकर्ड राख्न सफल किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको शब्दमा चेपाङ समुदायको जागरण गीत सार्वजनिक भएको छ । चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा छायांकन गरिएको गीतमा उपाध्यायकै स्वर रहेको छ ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमार्फत चेपाङ समुदायको भावनालाई बाहिर ल्याउन कोशिस गरेको गीतकार उपाध्यायले बताएका छन् । चेपाङ समुदायका समस्यालाई समाधान गर्न राज्यबाट पहल हुनुपर्ने, साथै विभिन्न जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आशय लिएर आफूले सामाजिक सन्देशमूलक गीत सार्वजनिक गरेको उनको भनाई छ ।

माइकल चन्दको निर्देशन र उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसाल लगायतको अभिनय रहेको छ ।

गीतकार डा. उपाध्यायले यसअघि नै चैतमा १०३ विश्व रेकर्ड पुर्याउने घोषणा गरिसकेका छन् ।