Diya Pun   
Movie's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

सगरमाथा चढ्दै अभिनेत्री दीया पुन

लेन्सनेपाल २०७८ पौष २७
सगरमाथा चढ्दै अभिनेत्री दीया पुन

अभिनेत्री दीया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । दियाले अप्रिल महिनामा सगरमाथा आरोहणका लाग तयारी गरिरहेकी छिन ।

यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् । बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत उनले सगरमाथा आरोहण यात्रालाई नर्सहरुको मानसिक स्वास्थ्यसित पनि जोडेकी छिन् । सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने उनको योजना छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्टका लागि च्यारिटीको प्लानमा उनी छिन ।

चलचित्र ‘बिर बिक्रम’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी पुनले ह्याप्पी डेज, मिस्टर झोले, दया रानी र मन्त्र जस्ता चलचित्रमा काम गरि सकेकी छन् । दियाले सौगात मल्ल संग स्क्रिन शेयर गरेको चलचित्र मन्त्र सामान्य अवस्था रहेमा यहि माघ २८ गते बाट सार्वजनिक प्रदर्शनमा आउने छ।

यसअघि नायिका निशा अधिकारीले सगरमाथाको सफल आरोहण गरिसकेकी छिन ।