Dipak Oli   
Movie's Credit : Director / Associate Director / Story / Screenplay

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘कृष्ण–लीला’को गीत ‘कुनै दिन यस्तो पनि’ सार्वजनिक

लेन्सनेपाल २०७७ फागुन ३
‘कृष्ण–लीला’को गीत ‘कुनै दिन यस्तो पनि’ सार्वजनिक

चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । 

अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरुलाई प्रेमील भावमा प्रस्तुत गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यो गीत पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा छायाँकन गरिएको हो ।

नयाँ बर्ष ०७८ को अबसर पारेर चैत्र २७ बाट प्रदर्शन हुन लागेको चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लभस्टोरी जनराको चलचित्रमा लक्ष्मण सुवेदीको लेखन, शिब ढकाल र बाबु श्रेष्ठको छायांकन र श्री श्रेष्ठको द्धन्द्ध छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चवलचित्रका सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ हुन् । 

चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दै छ ।