Dipak Oli   
Movie's Credit : Director / Associate Director / Story / Screenplay

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कुम्भकरण’को पोष्टर सार्वजनिक

लेन्सनेपाल २०७६ बैशाख १४
प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कुम्भकरण’को पोष्टर सार्वजनिक

प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कुम्भकरण’को पोष्टर सार्वजनिक गरिएको छ । जेष्ठ १७ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र केही समय अघि नै निर्माण गरिएको हो ।

दिपक ओलीको निर्देशन रहेको चलचित्रमा निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र सस्पेन्स, कमेडी र लभस्टोरी कथामा आधारित रहेको जनाइउको छ । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संबाद, गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको चलचित्रमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ सह निर्माता रहेको छन् । भने, सिनेमाका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् । चलचित्रलाई रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले वितरण गर्दैछन् ।