This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘परान’ निर्माणको घोषणा, नीर शाहको मुख्य भूमिका
चलचित्र ‘परान’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
कलाकार दीपक आचार्यको डेब्यू निर्देशनमा बन्ने चलचित्रमा बरिष्ठ अभिनेता नीर शाहको मुख्य भूमिका रहने छ । उनीसँगै बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र सुभाष गजुरेल, अभिनेत्री पूजा चन्द, अञ्जना बराइली, केकी अधिकारी, प्रविण खतिवडा र महेश त्रिपाठीलगायतका कलाकारको अभिनय रहने छन् ।
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी सहित महानायक राजेश हमाल, बरिष्ठ हाँस्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, अशोक शर्मा, कृष्ण मल्ललगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
चलचित्रलाई प्रिज्मा एडभटाईजिङका रन्जित आचार्य र व्यवसायी शेखर गोल्छाले निर्माण गर्नेछन् । फाल्गुनको पहिलो साता देखि धनकुटाबाट चलचित्रको छायाँकन शुरु हुने जनाइएको छ । चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन र मित्र देव गुरुङको सम्पादन रहने छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





