Dipak Sharma   
Movie's Credit : Lyricist / Music Director
Song's Credit : Cast / Lyricist / Music Composer / Singer

News

दिपकको एल्वम ‘करोड क्लबका लोक आधुनिक गीतहरु’ सार्वजनिक

लेन्सनेपाल २०८० असोज १९
दिपकको एल्वम ‘करोड क्लबका लोक आधुनिक गीतहरु’ सार्वजनिक

संगीतकार दिपक शर्माको एल्वम ‘करोड क्लबका लोक आधुनिक गीतहरु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच शर्माको एल्बम सार्वजनिक गरिएको हो ।

युट्युवमा एक करोड भन्दा बढी भ्युज पाएका ११ वटा आधुनिक, लोकपप गीतहरु संग्रहित एल्बमलाई बरिष्ठ गायक रामकृष्ण ढकाल, संगीतकार शर्माका बुबा हरिलाल जैसी र गीतकार डब्बु क्षत्रीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

एल्वममा पिरेम नलाउने, छैन मलाई पिर, छुट्टिएर तिमीसँग, पछिपछि लागेर, बालखैमा दिल बस्यो, ए है मायाँ, अर्को जुनी खै कुन्नी, फुल फूलेको बन, ओकल दोकल, सिल्की कपाल र आयौ चेली बोलका गीतहरु समावेश छन् ।

कार्यक्रममा बोल्दै जीवनमा पहिलो पटक छोराको गीति सँग्रह विमोचन गर्न पाउँदो निकै खुसी लागेको बुबा हरिलाल जैशीले बताए । बिमोचन समारोहमा उनी निक्कै भावुक भएका थिए । यस्तै गायक रामकृष्ण ढकालले अहिलेको पुस्ताका संगीतकारमा गीतहरु हिट बनाउने नायकको रुपमा संगीतकार दिपक शर्मा परिचित रहेको बताए ।