Deepa Shree Niraula   
Movie's Credit : Cast / Special Appearance / Director / Producer / Presenter / Playback Singer
Song's Credit : Cast / Director / Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘छ माया छपक्कै’ निर्माणको घोषणा, दिपेन्द्रसँगको सहकार्य रेटिङ बढाउन नभएको दीपकको भनाई

लेन्सनेपाल २०७६ बैशाख १७
‘छ माया छपक्कै’ निर्माणको घोषणा, दिपेन्द्रसँगको सहकार्य रेटिङ बढाउन नभएको दीपकको भनाई

चलचित्र ‘छ माया छपक्कै’ निर्माणको औपचारिक घोषणा गरिएको छ । दीपक–दीपाको प्रस्तुतीमा निर्माण हुने चलचित्रको राजधानीमा आयोजित एक समारोहका बिच घोषणा गरिएको हो ।

दीपेन्द्र लामाको कथा र निर्देशन रहने चलचित्रमा दीपक राज गिरी, केकी अधिकारी, केदार घिमिरे र जितु नेपाल कलाकारका रुपमा फाइनल भएपनि अन्य कलाकार तय  हुन बाँकी रहेको जनाइएको छ । घोषणा कार्यक्रमा चारै जना मुख्य कलाकारले कमेडी प्रस्तुति सहित मुर्हत सट दिएका थिए ।

जेष्ठको पहिलो साताबाट छायाँकनको तयारीमा रहेको चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्नेछन् भने दीपकको पटकथा, दीपक, जितु, केदार र अभिमन्यू निरवीको सम्बाद, विपिन मल्लले सम्पादन, हरि हुमागाईको छायाँकन र दीपक शर्माको संगीत रहने छ । दीपाश्री निरौला भने निर्देशक सल्लाहकारका रुपमा रहेकी छिन ।

कार्यक्रममा बोल्दै निर्देशक लामाले ‘छ माया छपक्कै’ दीपक–दीपाको अघिल्लो चलचित्र ‘छक्का पञ्जा’को अर्को संस्करण नभएको बताएका छन् । सामाजिक कथा बस्तु नै भएको र कमेडी जनरामा निर्माण हुने भए पनि छक्का पञ्जाको सिरिज नभएको उनको भनाई छ । 

त्यसो त दीपकराज गिरी र दीपेन्द्र लामाको चलचित्र प्रतिको धारणा फरक फरक रहेको कारण टिमअप कति सहज भयो भन्ने प्रश्नको समेत उनीहरुले सामाना गरेका छन् । जहाँ दीपकराज गिरीले आफुहरु बिच चलचित्रलाई हेर्ने दृष्टिकोण फरक भएपनि संरचनागत रुपमा भने मतभिन्नता नरहेको बताए । टिमअप गर्दै गर्दा दिपेन्द्रका अब्बल र आफुहरुका अब्बल कुराहरुलाई एकसाथमा राखिएको र कमजोरीहरुलाई छोडिएको उनको भनाई छ । कमेडी चलचित्रलाई समिक्षकहरुले २ स्टार भन्दा माथी नदिने गरेको गुनासो समेत गरेका दीपकले दिपेन्द्रसँगको सहकार्य २ रेटिङलाई ४ बनाउन नभई १६–१७ करोडको व्यापारलाई २४–२५ करोडको बनाउनका लागि भएको समेत जनाएका छन् ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमीको संयुक्त व्यानरमा निर्माण हुने चलचित्रमा रोहीत अधिकारीको लगानी रहने छ । चलचित्रमा काम गर्दा पारिश्रमिक नलिएको दीपक–दीपाको टिमले लगानी सुरक्षित भएपछि हुने नाफामा ५० प्रतिशत लिनेछ ।