Dayaram Pandey
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण
नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह २०७६ सम्पन्न भएको छ । संगीत महर्षी स्व. नातिकाजी श्रेष्ठको ९४ औं स्मृती दिवसको अवसरमा नातीकाजी स्मृती समाजले सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा उक्त समारोह आयोजना गरेको हो ।
समारोहमा विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
जस अनुसार नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६ बाट गीतकारहरु बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामणी देवकोटा, संगीतकारहरु राजु सिह, सुनिल मास्के, मदन सिह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाल सम्मानित भएका छन् । त्यसै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७६ बाट गायक गायिकाहरु सुगम पोखरेल चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डे पुरस्कृत भएका छन् । यस्तै नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट संगीतकार बसन्त सापकोटा, गायक सुरज कुमार थापा, गीतकार हर्क साउद र गायिका मेलिना राई पुरस्कृत भएका छन् ।
नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार २०७६ बाट वाद्यवादक जीवीत जल्मी, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०७६ बाट शास्त्रीय संगीतकार विकास नाथ योगी, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७६ बाट लोक गायक बद्री पंगेनी, राष्ट्रिय सम्मान २०७६ बाट समाजसेवी नवराज केसी सम्मानित भएका छन भने बालगायिका जारा रीत प्रसाइलाई प्रशंसापत्र प्रदान गरिएको छ । यस्तै नातिकाजी राष्ट्रिय कला पत्रकारीता पुरस्कार २०७६ बाट पत्रकारहरु बिदुर गिरी र श्याम स्मृत पुरस्कृत भएका छन् ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



