Dayaram Dahal
Movie's Credit : Cast / Director / Chief Ass. Director / Story / Screenplay / Dialogue / Lyricist / Playback Singer
News
चलचित्र बिकास बोर्ड स्वायत्त हुने
चलचित्र बिकास बोर्ड स्वायत्त छैन । सञ्चार, सूचना तथा प्रबिधी मन्त्रालयले प्रत्यायोजन गरेका निश्चित अधिकार मात्र बोर्डमा छ । बोर्डमा कार्यकारी अधिकार सहित अध्यक्ष त नियुक्ति हुन्छन् तर, अधिकार भने सिमित मात्र रहन्छ ।
यसैकारण पटक पटक चलचित्र बिकास बोर्डको स्वायत्तताको कुरा उठ्ने गरेको छ । जो अध्यक्ष आएपनि वा जो मन्त्री आए पनि बोर्डको स्वायत्तताको कुरा उठेकै हुन्छ । तर, अहिले सम्म बोर्डले स्वायत्तता पाएको छैन् । यसपटक पनि अध्यक्ष दयाराम दाहालले बोर्डलाई स्वायत्त बनाउन आफुले हदैसम्मको पहल गरिरहेको जनाएका छन् ।
सञ्चार, सूचना तथा प्रबिधी मन्त्रालयको समेत जिम्मेबारी सम्हालिरहेका अर्थ मन्त्री डा. युवराज खतिवडाले पनि बोर्डलाई स्वायत्तता प्रदान गर्ने जनाएका छन् । साउन अन्त्य सम्म चलचित्र उद्योगको सुखद भविष्यको लागि गर्नु पर्ने नीतिगत निर्णयको तयारीमा लाग्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका मन्त्री खतिवडाले थप कानुनी प्रबन्ध सहित बोर्डलाई स्वायत्तता प्रदान गर्ने जनाएका छन् । मन्त्री खतिवडाले यो समय नीति निर्माण र कानुनी प्रकृयामा सुधार गर्नु पर्ने भए त्यसमा खर्चिन आग्रह गरेका छन् । बोर्ड नेतृत्वलाई निर्देशन दिदै खतिवडाले भने – ‘हाम्रा नीतिहरुलाई परिमार्जन गरौं, आचारसंहिताहरुलाई व्यवस्थित गरौं, के के कानुनी प्रकृयामा सुधार गर्नुपर्छ, बोर्डको स्वायत्तताका लागि थप केही कानुनी प्रबन्ध गर्नुपर्ने हुन्छ यो महिना भरी त्यसमा जोडबल गरौं ।’
कानुनी रुपमा बोर्डलाई स्वायत्तता प्रदान गरेपनि त्यो जवाफदेहीता सहितको स्वायत्तता हुने उनले जनाएका छन् । मन्त्री खतिवडाले मुलुक, जनता र समाज प्रतिको कर्तव्य, जवाफदेहिता, जिम्मेबारी सहितको स्वायत्तता प्रदान गरिने बताए । उनले त्यो स्वायत्तता पालना गरिरहदा राष्ट्रिय एकता, संस्कृतिको संरक्षण, गौरवपुर्ण इतिहासको संर्वधन र भावि पुस्तालाई मार्गदर्शन गर्ने गरि सृजनशिल रुपमा बोर्ड नेतृत्व अघि बढ्नुपर्नेमा जोड दिए ।
चलचित्र क्षेत्रलाई राष्ट निर्माणको अभिन्न अंगका रुपमा लिएको भन्दै खतिवडाले यस क्षेत्रको विकासका लागि आफुले सम्हालेका मन्त्रालयहरु बाट पूर्ण रुपमा सहयोग रहने समेत जनाएका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



