Dayaram Dahal
Movie's Credit : Cast / Director / Chief Ass. Director / Story / Screenplay / Dialogue / Lyricist / Playback Singer
News
बिकास बोर्डले चलचित्र जोगाउन सिकाउने
चलचित्र संरक्षण सम्बन्धि एकदिने कार्यशाला हुने भएको छ । चलचित्र विकास बोर्डको पहलमा २१ गते मंगलबार उक्त कार्यशाला हुन लागेको हो ।
आइतबार साँझ बोर्डले पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यशालाबारे जानकारी गराएको हो । चावहिल स्थित विकास बोर्डकै प्रिभ्यु थिएटरमा विहान ११ बजेदेखि सुरु हुने कार्यशाला साँझसम्म चल्नेछ । एफ.आई.ए.एफ का तालिम संयोजक डेभिड वल्स र शिवेन्द्र सिंह डुंगरपुरले कार्यशालामा प्रशिक्षण दिनेछन् । कार्यशालामा सहभागी हुन दुबै प्रशिक्षक आइतबार नेपाल आइपुगेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै भारतिय नागरिक शिवेन्द्रले एनालग प्रविधिसँगै डिजिटल युगमा पनि चलचित्र संरक्षणको रणनीति उत्तिकै महत्वपूर्ण रहेको बताए । नेपालका धेरै चलचित्रहरु मुम्बईका स्टुडियोमा अलपत्र अवस्थामा देखेको स्मरण गर्दै उनले नेपालले आफ्ना चलचित्रको संरक्षणमा ढिला गर्न नहुने सुझाब समेत दिएका छन् । चलचित्रको संरक्षण गर्ने कुरा गर्दा धेरैले एनालग प्रविधीमा खिचिएका चलचित्रलाई डिजिटाइज गर्ने भन्ने मात्र बुझ्ने गरेको भएपनि डिजिटल फम्र्याटमा खिचिएका चलचित्रलाई पनि उत्तिकै जतन गर्न जरुरी रहेको उनको भनाई छ । कार्यशाला चलचित्रकर्मीसँगै टेलिभिजन स्टेसनका लागि पनि लाभदायी हुने उनको कथन छ । यस्तै अन्तराष्ट्रि फिल्म आर्काइभ संघका सदस्य तथा ट्रेनर बेलायत निवासी डेभिड वेल्सले चलचित्रले समय र संस्कृति पनि जीवित राख्ने भएकाले इतिहासका लागि पनि चलचित्रहरु जीवित राख्नु पर्ने बताए । उनले भने – ‘हामी जसो धेरैले भविष्य सोचेर काम गरिरहेका हुँदैनौं । तर, आज गरेको काम भोलिको पुस्ताका लागि पनि जीवित रहनु पर्छ । चलचित्र, डकुमेन्ट्री वा अन्तवार्ता नै किन नहोस् तिनको महत्व हुन्छ र तिनलाई संरक्षण गर्ने विशेष विधि छ । एक दिनमा सबै कुरा त सिकाउन सकिन्न तर हामी धेरै भन्दा धेरै चलचित्रकर्मीलाई यस बारेमा सचेत गराउन चाहान्छौं ।’
कार्यक्रममा बोल्दै बोर्ड सदस्य दयाराम दाहालले बोर्डले पहिलो खण्डका १२ चलचित्रलाई डिजिटाइज गर्ने प्रक्रिया सुरु गरिसकेको जनाउँदै यसरी संरक्षण गरिएका चलचित्रलाई विशेष प्रदर्शन गर्ने योजना रहेको समेत जनाएका छन् । बोर्डका अधिकृत चिरञ्जीवी गुरागाइँका अनुसार लामो समयको प्रयत्नपछि यो कार्यशाला सम्भव भएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



