Dayaram Dahal   

News

विकास बोर्ड अध्यक्ष दाहालद्धारा पदभार ग्रहण

लेन्सनेपाल २०७७ जेष्ठ २९
विकास बोर्ड अध्यक्ष दाहालद्धारा पदभार ग्रहण

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । २२ गतेको मन्त्रीपरिषद बैठकबाट अध्यक्षमा नियुक्त दाहालले २६ गते सोमबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्र​ह​ण​ ग​र्दै अध्य​क्ष​ दाहालले बोर्ड​बाट​ सञ्चार​ त​था सुच​ना प्र​बिधि म​न्त्राल​य​मा पेश​ ग​र्न​ लागिएको फिल्म​ नीति त​था कार्य​क्र​म​मा ह​स्ताक्ष​र​ ग​रेका छ​न् । दाहालको पदभार कार्यक्रममा बधाई तथा शुभकामना दिन चलचित्र क्षेत्रका बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति थियो ।

सो अवसरमा बोल्दै अध्यक्ष दाहालले चलचित्र क्षेत्रमा देखिएको बेथितीलाई सुधार गर्न प्रथामिकता दिने बताएका छन् । सबैभन्दा पहिले कोरोना भाइरसले ठप्प बनाएको चलचित्र क्षेत्रलाई प्रभावकारी ढंगले क्रियाशिल बनाउनेतिर आफु केन्द्रित हुने उनले बताए । बक्स अफिसलाई सहि ढंगले कार्यन्वयन गर्नु, इण्डोर चलचित्र स्टुडियोको निर्माण, श्रमजिवी चलचित्रकर्मीका लागि सामाजिक सुरक्षा योजनालगायतका कार्यक्रमहरु पनि क्रमशः कार्यन्वयन गर्दै जाने अध्यक्ष दाहालले बताएका छन् ।

आफ्नो सामु केही चूनौतीहरु रहेको र सँगसँगै धेरै सम्भावनाहरु पनि रहेको उनले बताए । ती सम्भावनाहरुलाई तय गर्दै फिल्म क्षेत्रकै लागि निरन्तर लागिपर्ने पनि उनले बताएका छन् । नेपाली फिल्मको निर्माण, वितरण र प्रदर्शनलाई समेत सन्लुतनमा राख्न सक्नुपर्ने दायित्व म माथी छ, त्यसैले कोरोना भाइरसले समस्या ग्रस्त भएको चलचित्र क्षेत्रलाई क्रियाशिल बनाएपछि अन्य काममा म विस्तारै अघि बढ्नेछु, दाहालले भने । अध्यक्षको लागि दरखास्त दिदाँ मैले केही कार्य योजनाहरु पेश गरेको छु । त्यो कार्ययोजनालाई म चलचित्रसँग आवद्ध संघ संस्थाहरुको सल्लाह सुझाव तथा सहकार्यमा कार्यन्वयन गर्दै जानेछु, दाहालले थपे ।