Dayahang Rai
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘कबड्डी कबड्डी कबड्डी’को गीत सार्वजनिक, कभर डान्स प्रतियोगीता आव्हान
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्क साउदको शब्द, एसडी योगीको संगीत र हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर रहेको छ ।
रेनशा राई राणाको निर्देशनमा वाइल्ड रिपर्ज ग्रुपले कोरियोग्राफी गरेको गीतमा ‘दुबो फुल्यो’ बोलको गीतमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राईलाई फिचर्ड गरिएको छ ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको चलचित्रमा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि।बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय छ ।
रामबाबु गुरुङ निर्देशित चलचित्र भदौ १३ बाट प्रदर्शन हुँदैछ । बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको चलचित्रका सहलगानीकर्ता रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।
यसैबिच गीतका् ‘डान्स कभर कम्पिटिसन’ आव्हान गरिएको छ । उक्त गीतमा कभर भिडियो बनाएर प्रतिस्पर्धा जनाउने मध्येबाट उत्कृष्टलाई १ लाख रकम छुट्ट्याएको छ भने, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५१ हजार नगद प्रदान गरिने जनाइएको छ ।
इच्छुकले कभर भिडियो बनाएर ओएसआर डिजिटलको मेल आइडी osrdigitalnp@gmail.com पठाउनु पर्नेछ ।

New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



