Dayahang Rai
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
पहिलो सातामा ‘कबड्डी ३’ को व्यापार ७ करोड ३८ लाख
पहिलो साता आक्रामक व्यापार गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले दोस्रो सातामा पनि उस्तै छनक देखाएको छ ।
आजबाट दोस्रो सातामा प्रवेश गरेको चलचित्रले आफुलाई प्राप्त हल र शोजहरुको सदुपयोग गर्दै दर्शकको मन जितेको छ । शुक्रबार पनि यो चलचित्रको व्यापार उत्कृष्ट देखिएको छ । मल्टिप्लेक्समा केही शोहरु घटेका छन् । यद्यपी दर्शकको उपस्थिति घटेको छैन ।
पहिलो साता बक्सअफिसमा कब्जा जमाएको चलचित्रको ग्रस कलेक्सन रिपोर्ट समेत सार्वजनिक भएको छ । वितरक कम्पनी ‘स्टेशन फाइभ’ले सार्वजनिक गरेको रिपोर्ट अनुसार चलचित्रले पहिलो सातामा ७ करोड ३८ लाखको व्यापार गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रले मल्टीप्लेक्समा पाएको सर्वाधिक सोज र बलियो ‘वर्ड अफ माउथ’ का कारण बक्स अफिसमा दबदबा कायम राख्न सफल भएको हो ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।
बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको चलचित्रका सहलगानीकर्ता रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, हर्क साउदको शब्द, एसडी योगीको संगीत, हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर र रेनशा राई राणाको नृत्यनिर्देशन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



