Dayahang Rai
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
फ्राइडे रिलिज : ‘माछा माछा’ र ‘माया पिरिम’
फ्राइडे रिलिज अन्र्तगत आजबाट चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ प्रदर्शन भएका छन् ।
‘माछा माछा’ सस्पेन्स, कमेडी जनराको चलचित्र हो । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको मुख्य भूमिका रहेको छ ।
सुनिल गुरुङको लेखन र निर्देशन रहेको चलचित्रमा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको पनि अभिनय छ ।
रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।
सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सह-निर्माता रहेका छन् ।
यस्तै अर्को चलचित्र ‘माया पिरिम’ लभ स्टोरी जनराको हो । टेक पौरखि राइको निर्देशनमा बनेको कोशिश क्षेत्री, किरण चन्द, विशाल पाहारि ,कालु राना , जयनन्द लामा , अर्जुन गुरुङ्ग रमन राइ लगायतका कलाकारको अभिनय रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




