Dabbu Kshetri
Movie's Credit : Cast / Director / Story / Screenplay / Dialogue / Lyricist / Casting DirectorSong's Credit : Director / Lyricist
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १२ देशका २५ चलचित्र
शनिबारबाट शुरु भएको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ जारी छ । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा जारी महोत्सव १८ गतेसम्म चल्नेछ ।
महोत्सवको उदघाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महोत्सबले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदान प्रदानमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन् ।
आयोजक संस्था कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)की अध्यक्ष एवम् महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले आफुहरुले आम सञ्चार सम्बन्धि शिक्षा सेवा दिनुका साथै नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन र सिनेमा संस्कृति आदान प्रदानको लागि नेपाल अफ्रिका फिल्म महोत्सब आयोजना गर्दै आएको जनाएकी छिन ।
यस्तै चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले उद्घाटन समारोहलाई सम्बोधन गर्दै बोर्डले महोत्सब आयोजना गर्न नसकेको बेला सिजेएमसीजस्ता संस्थाबाट अन्तराष्ट्रिय चलचित्र महोत्सब हुनु सुखद कुरा भएको बताए । चाँडै राष्ट्रिय चलचित्र ऐन आउने र ऐनबाट चलचित्रको विकाशमा टेवा पुग्ने उनको भनाई छ ।
बिगत ८ वर्षदेखि आयोजना हुँदै आएको महोत्सवको यो संस्करणमा १२ देशका २५ चलचित्र सहभागी रहेका छन् । महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार यसपटक अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी, बेलायत र नेपाल सहितका देशबाट चलचित्र सहभागी भएका हुन् ।
कार्यक्रममा बोल्दै नेपालका लागि इजिप्टकी राजदुत इम्यान मोस्ताफा, रुवान्डाका फिल्म फेस्टिबल निर्देशक तथा फिल्म निर्देशक हाकिजमाना पाईर्री, अल्जेरिया फ्रान्सका फिल्म निर्देशक तथा फिल्म फेस्टिबल आयोजक फरिद असद, चिनियाँ चलचित्र निर्देशक डा. योङलगायतले नेपाल आएर महोत्सबमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।
महोत्सबको उद्घाटन समारोहमा सांस्कृतिक संस्थानका विभिन्न कलाकारले विभिन्न नेपाली लोकनृत्यहरु प्रस्तुत गरेका थिए । महोत्सबमा शनिबार नाईजेरियाको इनभेन्सन १८९७, नेपालको सुमा सापकोटा निर्देशित पाखुरे, सृजना तावेवुङ निर्देशित देवकी, नेपाल पर्यटन बोर्डको नेपाल ल्यान्ड अफ डाईभर्सिटी, केन्याको न्यु मुन र घानाको द बुरिएल अफ कोजो फिल्म प्रदर्शन गरिएको थियो । बाँकी १९ ओटा चलचित्र आईतबार र सोमबार प्रदर्शन गरिने छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


