Chhabi Raj Ojha
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
विकास बोर्डद्वारा १९ चलचित्रकर्मीहरुलाई विशिष्ट योगदान सम्मान
१९ औं बार्षिकोत्सवको अवसरमा चलचित्र विकास बोर्डले १९ जना चलचित्रकर्मीहरुलाई ‘विशिष्ट योगदान सम्मान’बाट सम्मानित गरेको छ । सोमबार बोर्डको सभाहलमा आयोजित कार्यक्रममा चलचित्रकर्मीलाई सम्मानित गरिएको हो ।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको उपस्थितीका बिच सम्पन्न कार्यक्रममा बोर्डका पूर्व अध्यक्षहरु यादव खरेल, निर शाह, शम्भूजित बास्कोटा, राजकुमार राई, कृष्ण मल्ल लगायत उपस्थित थिए । कार्यक्रममा चलचित्रका बिभिन्न विधामा रहेर काम गरेका पहिलो नायिका भुवन चन्द, नायक भुवन केसी, नायक शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा, संगीतकार शम्भूजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायांकार मन्जुकुमार श्रेष्ठ, ध्वनी विज्ञ प्रदीप कुमार उपाध्याय, पोस्टर डिजाइनर सुन्दरलाल श्रेष्ठ, जापानी कलाकार तोशी आखी इतो (जापान), चलचित्र पत्रकार विजयरत्न तुलाधर, विज्ञापन एजेन्सी(आन)का पूर्व अध्यक्ष निर्मलराज पौडेल, प्रदर्शक मोहनलाल सराफ, उत्तम द्वा, राजकुमार पोखरेल र नकिम उद्दिनलाई सम्मानित गरिएको थियो । यस्तै, चलचित्र पत्रकारिताको व्यवसायिक विकासमा योगदान दिएको कामना पब्लिकेसनलाई सो सम्मानबाट सम्मानित गरियो ।
नेपाली चलचित्र क्षेत्रमा ५० को दशकसम्म विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत उनीहरुलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको बोर्ड अध्यक्ष केशब भट्टराईले जनाएका छन् ।
तस्विर सौजन्य : अनलाइनखबर
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



