RemembringChetan Karki   
Movie's Credit : Director / Story / Screenplay / Dialogue / Lyricist

News

बरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन, जीवनी सहित

लेन्सनेपाल २०७८ जेष्ठ २
बरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन, जीवनी सहित

बरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारको क्रममा छाउनी स्थित सैनिक अस्पतालमा निधन भएको हो ।
केही दिन अघि भारतको देहरादुन पुगि बैशाख १६ गते नेपाल फर्केका कार्कीलाई कोरोना संक्रमण पुष्टी भएपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो । ८३ बर्षिय कार्कीको जेष्ठ २ गते आइतबारका दिन बिहान १० बजे उनको उपचारकै क्रममा निधन भएको हो ।

चलचित्र निर्देशन, लेखन, गीत लेखन, उपन्यास लेखन तथा साहित्यक खोज अनुसन्धानमा अब्बल कार्कीको निधनले कला सहित्य र चलचित्र क्षेत्रमा गहिरो चोट परेको छ ।

 

कार्कीको सक्षिप्त जीवनी


बि.सं. १९९५ कार्तिक २२ गते सोमबार पूर्णिमा तिथि (सन् १९३८ नोभेम्बर ७ तारिख) का दिन स्याङ्जा जिल्लाको आरुखर्क – ९ बहाँटारीमा पिता क्याप्टेन जुद्धवीर कार्की र माता चन्द्रमाया कार्कीको कोखबाट चेतन कार्कीको जन्म भएको हो । कार्कीले जीव विज्ञान विषयमा स्नातक पुरा गरेपछि देहरादून विश्वविद्यालयबाट हिन्दी साहित्यमा एम. ए उत्तीर्ण गरेका थिए । चलचित्र क्षेत्रमा आउनु अघि उनी मत्स्य पालन केन्द्र पोखरामा निर्देशकका रुपमा जागिरे थिए । सोही क्रममा उनले कलकत्ता गई मत्स्य विकास सम्बन्धी तालीम समेत लिएका थिए ।

बि.सं. २०२८ सालमा शाही नेपाल चलचित्र संस्थान स्थापना भएपछि कार्कीले निर्माण अधिकृतका रुपमा काम शुरु गरेका थिए । पछि उनी त्यहाँका मुख्य निर्माण अधिकृत पनि भए । क्रेडिट टाइटलमा नाम नआए पनि संस्थानमा रहदा उनले धेरैवटा नेपाली चलचित्रमा निर्माण नियन्त्रक भई काम गरेको जानाकारहरु बताउँछन् ।

चलचित्र संस्थानमा प्रवेश गर्नु अघि कार्कीले चलचित्र ‘परिवर्तन’का लागि पटकथा, संवाद र गीत लेखेका थिए । उनले सो चलचित्रमा निर्देशक हीरा सिंह खत्रीको सहायक निर्देशकका रुपमा पनि काम गरेका थिए । त्यसैले उनी स्व. हीरा सिंह खत्रीलाई चलचित्रको आफ्नो गुरु मान्नेगर्थे ।

चेतन कार्कीले चलचित्र संस्थानमा रहदा समाचारचित्रका निम्ति उद्घोषणाहरू, वृत्तचित्रका निम्ति पटकथाहरू पनि लेखेका थिए । उनले संस्थानमा वि.सं. २०२८ देखि २०३८ सम्म काम गरेका थिए । यो बिचमा संस्थानले निर्माण गरेका चलचित्र ‘सिंदूर’, र ‘जीवनरेखा’को सम्बाद लेखेका थिए । संस्थानबाट नै कार्की नेपाली चलचित्र प्रतिनिधी मण्डलको सदस्यका रुपमा सन् १९७६ र प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सन १९८० मा सोभियत रुसको तास्केन्टमा आयोजना गरिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भएका थिए ।

सन् १९८६ को चलचित्र ‘विश्वास’बाट चलचित्र निर्देशनमा हात हालेका कार्कीले ३ वटा चलचित्रको निर्देशन गरेका छन् । ‘विश्वास’ पछि उनले सन् १०८९ मा ‘भुमरी’ र सन् १९९६ मा ‘पहिलो प्रेम’को निर्देशन गरेका थिए । कथा, पटकथा र सम्बाद लेखनमा अब्बल कार्कीले लेखेका थुप्रै गीतहरु चर्चित समेत छन् । खासगरि कार्कीले लेखेका चलचित्र ‘कान्छी’को कान्छी हे कान्छी, ‘कान्छि’कै यि ओठ तिम्रै, चलचित्र ‘कन्यादान’को न जाउन मलाई छोडी, ‘कन्यादन’कै तीजको लहर आयो बरिलै, ‘माया प्रितिको’ शिर्ष गीत माया प्रितिको चोखो कथालगायतका गीतहरु चर्चित गीत हुन् ।

२०१८ सालमा नातिकाजिको संगीतमा कार्कीको पहिलो गीत ‘जुन निदाउन थाल्यो’ रेडियो नेपालमा रेकर्ड भएको थियो । कार्कीले ‘माया प्रितिको चोखो कथा’ गीति संग्रह समेत प्रकाशन गरेका थिए । यस्तै उनले बि.सं. २०२१ मा हिन्दि गीतको संग्रह ‘कल्पना टूट चुकि है’ समेत प्रकाशन गरेका थिए ।

साहित्य क्षेत्रमा समेत अब्बल रहेका कार्कीले ‘आत्मा बेचेको छैन’, ‘हनीमून’ र ‘ढलेको गिलास’ नामक तीनवटा उपन्यास र ‘बसिबियाँलो’ कथा संग्रह समेत प्रकाशन गरेका छन् । उनको उपन्यास ‘आत्मा बेचेको छैन’लाई पछि नाटकका रुपमा समेत तयार गरिएको थियो ।

पछिल्लो समय साहित्यीक क्षेत्रमै व्यस्त कार्कीले चलचित्र, गीतसंगीत, सहित्य लगायतका बिषयमा थुप्रै लेख रचनाहरु बिभिन्न पत्रपत्रिकामा समेत प्रकाशन गरेका छन् ।

कार्कीको परिवारमा श्रीमति सहित दुई छोरा छन् ।

 

Chetan Karki's Filmography


Movie Credit Release Date
School Lyricist Apr 11, 2020
Saino Lyricist Aug 09, 2019
Janmabhumi Lyricist Apr 01, 2016
Chitkar Lyricist Nov 27, 2001
Nepal Pyaro Chha Lyricist Jul 25, 2001
Pahilo Prem Director, Story, Screenplay, Dialogue, Lyricist Feb 14, 1996
Raanko Screenplay, Lyricist Jun 10, 1995
Jalan Lyricist May 08, 1995
Apaharan (Ekadeshma) Dialogue Aug 29, 1994
Rakshya Screenplay, Dialogue Sep 27, 1993
Kanyadan Lyricist Aug 24, 1990
Bhumari Director, Screenplay, Dialogue, Lyricist May 11, 1989
Maya Priti Dialogue, Lyricist Feb 12, 1989
Bishwas Director, Story, Screenplay, Dialogue, Lyricist May 05, 1986
Kanchhi Dialogue, Lyricist Oct 26, 1984
Jivan Rekha Dialogue Nov 17, 1982
Sindoor Dialogue Nov 26, 1979
Parivartan Screenplay, Dialogue, Lyricist Jan 01, 1971

 

Awards


Ceremony Category
Nepal Motion Picture Award (Nempa) 2056 "Mahendra" Movie Achievement Award
Nepal Motion Picture Award (Nempa) 2055 Special Contribution Award