Chaitya Devi   
Movie's Credit : Cast
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘भूवन चैत्य बसुन्धरा फाउण्डेशन’ले कल्याणकारी कोषलाई पुरस्कृत गर्ने

लेन्सनेपाल २०७६ बैशाख २६
‘भूवन चैत्य बसुन्धरा फाउण्डेशन’ले कल्याणकारी कोषलाई पुरस्कृत गर्ने

प्रथम नेपाली चलचित्र आमाका अभिनेत्रीत्रय भूवन चन्द, बसुन्धरा भुषाल र चैत्यदेवी सिंहको ‘भूवन चैत्य बसुन्धरा फाउण्डेशन’ले चलचित्र विकास बोर्ड अन्र्तगतको चलचित्रकर्मी कल्याणकारी कोषलाई पुरस्कृत गर्ने भएको छ ।

फउण्डेसनको बैठकले स्थापना वर्ष २०७६ को ‘हरिश भुवन चन्द पुरस्कार’, ‘चैत्यदेवी सिंह पुरस्कार’ र ‘चेतनारायण बसुन्धरा भुसाल पुरस्कार’ गरि ३ वटै पुरस्कार कोषलाई अर्पण गर्ने निर्णय गरेको छ । हरेक पुरस्कारमा रु. ५१,०० नगद हुने र ३ वटै पुरस्कारको कुल राशी रु. १,५३,०००।– (अक्षरुपी : एक लाख त्रिपन्न हजार) र ताम्रपत्र जेष्ठ २२ गते विशेष समारोहको आयोजना गरि हस्तान्तरण गरिने जनाइएको छ ।

फाउण्डेसनकी अध्यक्ष बसुन्धरा भुसाल सहित उपाध्यक्षद्वय भुवन चन्द र चैत्य देवी सिंहको छनौट समितिले सिफारिस गरे अनुसार कल्याण कोषलाई पुरस्कार अर्पण गर्ने निर्णय गरिएको सचिब मोहन निरौलाद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । जेष्ठ २२ गते आयोजना हुने समारोहका लागि प्रेम बम्जन(पुस्कर लामा)को संयोजकत्वमा अञ्जु रञ्जितकार, राजु प्रसाद धिमाल सदस्य रहेको कार्यक्रम संयोजन समिति समेत गठन भएको छ ।

यस अघि वरिष्ठ कलाकार श्री जयनेन्द्र चन्द ठाकुरलाई औषधोपचारकालागि फाउण्डेशनको तर्फबाट बैशाख १२ गते रु.२१,०००।– नगद सहयोग उपलब्ध गराएको थियो ।